मन्त्री अधिकारीलाई सांसदहरुको प्रश्नः वाइडबडी खरिद प्रक्रियामा तपाई सन्तुष्ट किन ?

5.81K
shares

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको भूमिकाप्रति समेत सांसदहरुले प्रश्न उठाएका छन्।

सार्वजनिक लेखा समितमा मंगलबार भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले मन्त्री अधिकारीसँग सोधे, ‘के तपाईं साँच्चिकै विमान खरिद प्रक्रियाप्रति सन्तुष्ट हु्नु हुन्छर ?’

एयरबस ३३०(२०० विमान खरिद प्रकरणमा लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले अनुसन्धान तीब्र पारेका छन्। तर पर्यटन मन्त्रालयले भने अनुसन्धान गर्न चासो नदेखाएको भन्दै रिजालले मन्त्री अधिकारीसँग यस्तो प्रश्न गरेका हुन्।

नेकपाबाटै निर्वाचित स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले समेत मन्त्री अधिकारीलाई वाइडबडी विमान खरिद प्रक्रियाप्रति मन्त्रालय सन्तुष्ट रहेको बताउँदै त्यसमा भएको अनियमितताको अनुसन्धान अगाडि नबढाएको आरोप लगाएका थिए।

‘मन्त्रालयले अध्ययन गर्न नचाहेको हैन, अध्ययन भइरहेको छ’ मन्त्री अधिकारीले प्रश्नको जबाफ दिँदै भने, ‘मन्त्रालयलाई सहयोग गर्दै लेखा समितिले वाइडबडी विमान खरिदबारे उच्चस्तरीय छानविन समिति गठन गरेर अध्ययन गर्दा हुन्छ।’

‘वाइडबडी खरिदबारे मन्त्रालयले निमगकै पदाधिकारीहरुलाई नै छानविन समितिमा राख्यो, यो गलत भयो’ सत्तारुढ नेकपाकै अर्का सांसद प्रेम आलेले प्रश्न गरे, ‘तपाईंले साँच्चिकै वास्तविकता बाहिर ल्याउन चाहनु भएको थियो भने किन अनियमिततामा संलग्नताको आरोप लागेका निगमका अधिकारीलाई नै छानविन समितिमा राख्नु भयो र?’

यो प्रश्नको उत्तर दिँदै मन्त्री अधिकारीले भने, ‘निगमले अध्ययन गरेर प्रतिवेदन बुझाई सकेको छ र सो प्रतिवेदनको अध्ययन मन्त्रालयले गरिरहेको छ। यो प्रतिवेदनको अध्ययनपछि थप अध्ययन गर्नु पर्ने देखेको छु।’

मन्त्री अधिकारीलाई जवाफ दिँदै कांग्रेस नेता समेत रहेका सांसद रिजालले पर्यटन मन्त्रालयबाट अध्ययन हुन नसक्ने भएकैले वाइडबडी विमानको विषय लेखामा प्रवेश भएको बताएका थिए।

सांसदहरुले छलफलको क्रममा निगमसँग वाइडबडी विमान उडानका लागि पर्याप्त व्यवसायिक योजना नभएको, अनियमितताको अध्ययनप्रति मन्त्री जिम्मेवारी नभएको, सार्वजनिक खरिद ऐन पालना नभएको, पहिले सहमति भएको भन्दा कम तौलको क्षमता भएको विमान ल्याइएको भन्दै सांसदहरुले असन्तुष्टिका जनाएका थिए।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले मन्त्रालयले अझै गम्भीरतापूर्वक अध्ययन गरिरहेको, अध्ययनले पूर्वता प्राप्त गरेपछि लेखा समितिसमक्ष सबै जानकारी गराउने प्रतिवद्दता जनाएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083