संघीय समाजवादी फोरमको समिति बैठक आज बस्दै

5.29K
shares

काठमाडौं । संघीय समाजवादी फोरमको राजनीतिक समितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको नेता रामपृत पासवानले जानकारी दिए । पासवानका अनुसार विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनाका बारेमा बैठकमा छलफल हुने छ ।

बैठकमा समसायमिक राजनीतिक विश्लेषणसहित सरकारको समीक्षा हुने बताइएको छ । पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूले गरेको कामको समीक्षासहित समग्र सरकारको समीक्षा गर्न लागेको फोरमले जनाएको छ । राजनीतिक समितिले २२ मंसिरबाट बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि तय गर्नेछ ।