लक्कीलाई राजदूतपद बाट बर्खास्त गर्ने प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको निर्णय

5.43K
shares

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा माथि ‘मानव तस्करी’को आरोप लागे पछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको छ । बुधबार भएको भेटमा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई पैसा र शक्तिको प्रभावमा पारेर राजदूत बन्न सफल भएकी शेर्पा गत संबिधान सभाको चुनावका पनि पैसा र केहि नेताहरुको प्रभाव र दबाब्को आडमा सासंद बनेकी थिइन् । सासंद भए पछि आफ्नै घरमा बुढी आमालाई विभिन्न बाहानामा शारिरीक तथा मानसिक याताना दिने गरेको विभिन्न समाचार माध्यमहरुमा खुल्न आएको थियो ।

चीन संगको मजबुद सम्बन्ध बनाएकी राजदूत शेर्पा टिपिटियनहरुको प्रभाव र दबाब्मा नेपाली पोषाक साडी लगाउन छोडेर बखु लगाएर कार्यकक्ष र विभिन्न सार्वजनिक सभा समारोहमा उपस्थित जनाउने गरेकी छन् । सरोकारवाहरुले राजदूतको यस्तो प्रवृत्ति प्रति आलोचना र आपत्ति जनाउदै आए पनि उनी भने गरिमामय पदको वेवास्था गर्दै टिपिटियनहरुकै पोषाक बखु लगाएर हिड्नु देशकै प्रतिष्ठा माथि आँच आउनु हो ।

लामो समय देखिनै विभिन्न अवैध कमाउ धन्दा लागेकी शेर्पाले नेपाली राजदूतावास क्यानबारामा चालकको काम गर्ने ओङ्छु शेर्पा दम्पत्तिलाई विदेश पठाइ दिने भन्दै रकम असुल गरे पछि भने एका एक र्कतुत्को खुलासा भएको छ । राजदूत हुनु भन्दा पहिलै ओङ्छु शेर्पालाई अमेरिका पठाइदिने भन्दै लक्कीका पतिले २२ लाख रुपैयाँ लिएका थिए। गाउँकै एक जनालाई अमेरिका पठाएकोे विश्वासले २२ लाख रुपैयाँ दिएको पीडित ओङ्छु शेर्पाले बताएका छन् । त्यस पछि पनि १०–१० लाख गरेर २ पटक थप रकम दिइएको उनले बताए । अमेरिका पठाइ दिने भन्दै पीडित शेर्पाले कूल ४२ लाख रुपैयाँ दिएका थिए ।

तर राजदूत दम्पतीले ओङ्छु शेर्पालाई अमेरिका पठाउन सकेनन् । उनले अमेरिकाको भिसाका लागी दर्खास्त दिएपनि उनको भिषा भने लागेन् र अमेरिका पठाउन नसकि रहेकै बेला लक्की शेर्पा राजदूत बन्ने चर्चा चल्यो । त्यसपछि ओङ्छु शेर्पालाई पनि दूतावासमै काम गराउने गरी अस्ट्रेलिया लैजाने सहमति भयो । त्यस पछि शेर्पाले दूतावासमै चालकको काम गरे । राजदूत भएपछि शेर्पाले चर्को रकम लिएर नेपालीलाई अस्ट्रेलिया पठाउने धन्दा शुरू गरेको ओङ्छु शेर्पाको आरोप छ।

आफूले दिएको पैसा ओङ्छु शेर्पाले फिर्ता माग्न थालेपछि राजदूत दम्पतीले चोरीको आरोप लगाएको र शेर्पाकी पत्नीलाई मुद्दा लगाएर थुनामा पठाएको पीडित शेर्पाको दाबी छ । ओङ्छु शेर्पाकी पत्नी अहिले पनि प्रहरीको थुनामै रहेकी छन् । राजदूतको चक्करमा परेर ओङ्छु शेर्पा परिवार अहिले नराम्ररी फसेको तथा शक्ति र पैसाको आँडमा राजदूत दम्पतीले मनपरी गरि रहेको दाबी गरिएको छ ।

पूर्वचालक शेर्पाले राजदूत लक्की शेर्पामाथि थप गम्भीर आरोप लगाएका छन् । मानव तस्करीबाट आएको पैसाबाट राजदूत शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेको दाबी गरिएको छ । ओङ्छु शेर्पाले राजदूतले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग रहेको कार्यक्रममा बताए । राजदूत शेर्पाले सबै कारोबार आफूमार्फत् गर्ने गरेकालाई समस्या भएको ओङ्छु शेर्पाले बताएका छन् । ओङ्छु शेर्पामार्फत् सिंगापुरका तेम्वा शेर्पाका भाई दावा शेर्पालाई अस्ट्रेलिया लैजाने भनेर १४ लाख रुपियाँ राजदूत लक्की शेर्पाले लिएको दाबी गरिएको छ । राजदूत शेर्पाले ५–६ जनाबाट अस्ट्रेलिया लैजान रकम उठाएको आरोप छ । शेर्पा सन् २०१७ मा राजदूतावासमा चालकको रुपमा काम गर्न पुगेका थिए ।

राजदूत लक्की शेर्पासँग आर्थिक विषयमा तनाव भएपछि ओङ्छु शेर्पाले क्यानबाराको नेपाली राजदूतावास छाडेका उल्लेख छ । वैदेशिक रोजगारमा ठगी गरेको अभियोगमा राजदूत लक्की शेर्पाले ओङ्छु शेर्पाकी पत्नीलाई छ महिनादेखि जेलमा थुनाएर राखेकी छिन् । यसले राजदूतको कुटनीतिक मर्यादा र देशको इज्जतमाथि आँच आउने काम भएको छ ।