राजपाभित्र कुनै विवाद छैन : नेता महन्थ ठाकुर

4.75K
shares

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र कुनै पनि किसिमको विवाद नरहेको अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बताएका छन् । भारतको दिल्लीमा उपचार गराएर सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन जनकपुर आएका ठाकुरले लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘राजपा पार्टी फुट्ने भन्ने मिडियामा आएको कुरा सत्य होइन । पार्टीभित्र कुनै पनि किसिमको विवाद छैन ।

अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएपछि ठाकुर असन्तुष्ट भएको र पूर्व तमलोपा पक्षले छुट्टै भेला डाकिरहेको सवालमा ठाकुरले भने, ‘म प्रभावित मान्छे हो । के मेरो मुखबाट तपाईंहरूले केही असन्तुष्टिको श्वर अहिलेसम्म सुन्नुभएको छ त ? के पूर्व तमलोपाको छुट्टै भेला बसेको छ त ? राजपाभित्र नेतृत्वको ‘उठापटक’ भयो भनेर भइरहेको हल्ला झूटा भएको बताउँदै ठाकुरले भने, ‘२–२ महिनामा संयोजक परिवर्तन गर्ने कुरा विधानमै व्यवस्था गरिएको थियो ।

तर अध्यक्ष मण्डलका साथीहरूले नै महाधिवेशनसम्म तपाईं नै संयोजक रहिरहनुहोस् भन्ने कुरा भनेपछि म संयोजक बसेको हो । संयोजक फेर्नु सामान्य भएपनि विधानमै व्यवस्था भएअनुसार सर्वसम्मतिले हुनुपर्ने बताउँदै उनले भने, ‘मैले त नेतृत्व परिवर्तन गर्न पालो पहिले पनि साथीहरूलाई दिएकै हो । तर उहाँहरूले नै महाधिवेशनसम्म तपाईं नै संयोजक रहनुस् भनेर यति लामो समय बसेको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083