विपक्षी दलका नेता देउवा अनुपस्थित भएपछि परिषद बैठक बस्न सकेन

6.38K
shares

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न बुधबार विहान नौ बजे बोलाइएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बस्न सकेन। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अगामी पुस १७ गते अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्री केपी ओलीले बुधबार विहान परिषदको बैठक बोलाएका थिए।

तर कुनै जानकारी नदिइ एक्कासी बैठक बोलाएको भन्दै प्रतिपक्ष दलका नेता देउवा बैठकमा सहभागी नभएपछि परिषदको बैठक बस्न नसकेको हो। बैठक बिहीबार विहान नौ बजे बस्ने गरी सारिएको हो। यसअघि मंगलबार ११ बजेलाई बोलाइएको बैठक मंगलबार साँझ ५ बजे बस्ने गरे स्थगित गरिएको थियो। तर कार्यव्यवस्तताका कारण भन्दै पुस ५ गतेसम्मकालागि बैठक सारिएको थियो।

प्रधानन्यायाधीशको नाम प्रस्ताव गरी संसदीय सुनुवाई गरेर नियुक्ति गर्न ढिलाइ हुने भएकाले बैठक मंगलबार बोलाइएको थियो। यसअघि मंसिर १६ गते बसेको बैठकको बीचमा कार्यव्यस्तताको कारण देखाउँदै विपक्षी दलका नेता देउवा बाहिरिएपछि प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन। न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ।

प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइ समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीश भएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083