सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन : मुख्यमन्त्री पोखरेल

4.73K
shares

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताएका छन् । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताए ।

राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन” उनले भने, मौलिक हकको सुनिश्चितताको लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोचौँ । उनले सरकार कमजोर हुँदा सङ्गठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुण्ठित हुने विचार व्यक्त गरे । उनले मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढेकाले यसलाई मानवअधिकारसँग जोड्न जरुरी रहेको बताए ।

विकासको प्रतिफल जनताले पाउन भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उनले जमीन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमीन दिने कार्यक्रम ल्याएको बताए ।कार्यक्रममा प्रदेशका कानूनमन्त्री कुलप्रसाद केसीले कानून कार्यान्वयनका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले नागरिकका अधिकारका विषयमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083