टिकापुर प्रकरणः आजको सुनुवाई रोकियो
वि.सं.२०७५ पुस २ सोमवार १६:३८
4.59K
shares
shares

काठमाडौं । टीकापुर घटनासम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ । आज सोमबारका लागि पेशी चढेको मुद्दामा पक्षको कानून व्यावसायीको अनुरोधमा स्थगित गरिएको हो । कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा आज सुनुवाई हुने पेशी थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो ।
कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । यो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्त सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् । ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छैनन् ।












