बाबुराम भट्टराई र कमल थापाको नजरमा : डा. तुलसी गिरी
वि.सं.२०७५ पुस ३ मंगलवार १३:४७
shares

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाको श्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।

मंगलबार थापाले शोक विज्ञप्ति जारी गर्दै गरी डा। गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ–निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा। गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’ ‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गिरी विशिष्ठ प्रतिभा भएको बताएका छन् । भट्टराईले ट्वीट गरेका छन् ‘पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा उहाँप्रति हार्दिक श्रद्धान्जली र आफन्तजनमा गहीरो समवेदना ! फरक राजनीतिक धारमा उभिए पनि वहाँ एक विशिष्ठ प्रतिभा हुनुहुन्थ्यो ! संसार विपरितहरूको एकत्व हो१विपरित प्रवर्गको अस्तित्व स्वीकार्नु प्रवोधन हो ! सबैले मनन गरौं !’






























