महतले माइक खोसेपछि स्थगित भएको महासमिति बैठक अझै सुरु भएन
वि.सं.२०७५ पुस ३ मंगलवार १५:५३
shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीसँग माइक खोसेका छन्। मंगलबार बिहान महाममिति बैठक सुरु भएको घोषणा हुने वित्तिकै केसीले विधान संशोधनको प्रस्ताव पेश नगरी बैठक अगाडि बढाउन नहुने धारणा राखिरहेका बेला महतले माइक खोसेका हुन्।
महतले माइक खोसेपछि बैठकमा होहल्ला र हुटिङ भएको थियो । केसीले देश सञ्चारसँग भने, ‘मैंले बोलिरहेको थिएँ । एक्कासी प्रकाशशरण महतले माइक खोस्नुभयो । त्यसपछि बैठकमा नाराबाजी भयो । महतको गृहजिल्ला पनि नुवाकोट भए पनि केसी दाजुभाइसँग सुमधुर सम्बन्ध छैन । मञ्चमै नेताहरुबीच माइक खोसाखोस भएपछि प्रतिनिधिहरुले विधान संशोधनको प्रस्ताव पेश गरेर मात्र बैठक अघि माग गरेपछि स्थगित भएको बैठक अझै सुरु भएको छैन ।
बैठक बिहान ११ बजेदेखि रोकिएको थियो । विधानमा सहमति शीर्ष नेताहरुको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । विधानबारेमा सहमति नजुटेपछि केन्द्रीय समितिले पारित गरेर महासमिति बैठकमा पेश गर्नुपर्ने प्रावधान छ । शीर्ष तहमै विधानबारे सहमति नजुट्दा केन्द्रीय सदस्य र महासमिति सदस्यहरु अलमलमा परेका छन् ।




























