देउवा र पौडेलमा नेता बन्ने ‘क्वालिटी’ नै छैन : सिटौला

4.63K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेता नमान्ने घोषणा गरेका छन् । दुबै नेतामा नेतृत्व गर्ने क्षमता नदेखिएको भन्दै सिटौलाले नेता नमान्ने घोषणा गरेका हुन् ।

विहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेता सिटौलाले सभापति देउवा र नेता पौडेलमा नेता बन्ने क्वालिटी नै नभएको जिकिर गरे । भने, ‘देउवा र पौडेल दुवैमा नेतृत्व गर्ने क्षमता देखिएन, त्यस कारण म उहाँहरूलाई नेता मान्न सक्दिनँ । उहाँहरूमा नेता बन्ने क्वालिटी नै छैन ।’ सिटौलाले पत्रकार सम्मेलन केन्द्रीय सदस्य गगन थापा र उमाकान्त चौधरी दयाँवायाँ राखेर गरेका थिए ।

सिटौलाले पार्टी झन् कमजोर भइ रहेको भन्दै सिटौलाले आगामी जेठ भित्र महाधिवेशन गर्न माग नेतृत्वसँग माग गरे । भने, ‘आगामी चैत महिना भित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न म नेतृत्वलाई आग्रह गर्छु । यदि महाधिवेशन गर्न सकिँदैन भने संक्रमणकालीन प्रवन्धका आधारमा भए पनि नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’

यदि प्रक्रिया सुरु नगर्ने हो भने चैतमा विधानमा भएको संक्रमणकालिन अवस्था अनुरुप १४ औँ महाधिवेशन सम्मका लागि कार्यविधि बनाएर अघि बढ्नु पर्ने नेता सिटौलाले बताए ।

प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति

नेता सिटौलाले बुधबार नेकपा अध्यक्ष प्रचण्डले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘प्रचण्डजीले संसदमा दिएको अभिव्यक्तिप्रति काँग्रेसको कडा आपत्ति छ, प्रचण्डबाट यस्तो अभिव्यक्ति आउनु भनेको अधिनायकबादको जन्म हुन लाग्नु हो । यस वारे म चाँडै प्रचण्डसँग भेटेर छलफल गर्छु’ सिटौलाले भने, ‘संविधान र लोकतान्त्रिक पद्धति माथि यसरी प्रश्न उठाउनु गम्भिर विषय हो ।’

के भनेका थिए प्रचण्डले ?

प्रचण्डले संसदमा लाकतान्त्रिक प्रणाली छिटो-छिटो विकास हुने प्रणाली होइन । यदि कम्युनिस्ट व्यवस्था हुन्थ्यो भने ड्याम–ड्याम निर्णय गर्न सकिने बताएका थिए ।

‘लोकतान्त्रिक प्रणाली छिटो छिटो विकास हुने प्रणाली होइन। कम्युनिष्ट पार्टीको परम्परागत शासन हुन्थ्यो भने ड्याम ड्याम निर्णय गरेर जान पाएको भए छिटो हुन्थ्यो’, उनले भनेका थिए, ‘अहिले केही देखिएन भन्ने भएको छ । यस्तो हुँदैन थियो। देखिइ सक्थ्यो।

प्रणाली, कानुन, ब्युरोक्रेसी मिलाउँछौं भन्दा भन्दा झमेला। एक महिनामा हुने काम पन्ध्र महिना लाग्छ। त्यो तपाईं हामी सबैले भोगेका छौं। बरु यसलाई कसरी न्यूनिकरण गर्ने भन्नेमा हामीले छलफल गर्न जरुरी छ ।’ सो अभिव्यक्ति संविधान र लोकतन्त्रको विरुद्ध भएको भन्दै सिटौलाले लोकतन्त्र नै खतरामा हुने अवस्था आए त्यसको विरुद्धमा लाग्ने चेतावनी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083