उपत्यकाब्यापी अन्तर कलेज फुटसल शुरु

4.52K
shares

काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समन्वय समितिद्धवारा आयोजित उपत्यकाब्यापी अन्तर कलेज फुटसल प्रतियोगिता शुरु भएको छ।

प्रतियोगितामा उपत्यकाका त्रिभुवन विश्वविद्यालय वाहेकका सवै विश्वविद्यालय र सिटिइभिटी अन्तर्गतका कुल ४० वटा कलेजले भाग लिएका छन्।

Image may contain: 3 people, including Sanjay Kaldhan, outdoor

३ दिन सम्म चल्ने सो प्रतियोगिताको उद्घाटन वालुवटार स्थित एक्सेल फुटसलमा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले गरेका थिए।

प्रतियोगितामा विजेतालाई ७० हजार नगद र उपविजेतालाई ४० हजार नगद सहित ट्रफी र मेडेल प्रदान गर्ने क्रान्तिकारीका विश्वविद्यालय कमाण्ड संयोजक संजय काल्धनले वताए। प्रतियोगिताका उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोलकिपर र टप स्कोररलाई समेत विशेष पुरस्कार दिने संयोजक काल्धनले वताए।

Image may contain: 7 people, people sitting

Image may contain: 9 people, including Sanjay Kaldhan and Dan Bahadur Saud, people standing and outdoor

Image may contain: 1 person, outdoor


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083