जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति यादव

4.42K
shares

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रधान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताएका छन् । वसुन्धारास्थित बिपी स्मृति अस्पतालको ११औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित अत्याधुनिक नयाँ उपकरणको व्यवस्था गरी सर्वसुलभ गुणस्तरीय एवं विश्वसनीय सेवा प्रदान गर्न अस्पताल सफल हुने विश्वास व्यक्त गरे ।

पूर्वउपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले देशकै मूर्धन्य राजनेताको नाममा स्थापित अस्पताललाई सेवामुखी एवं परोपकारी भावनाले आम जनताको पहुँचभित्र रहने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए । पूर्वस्वास्थ्यमन्त्रीद्वय अर्जुननरसिंह केसी र विपिन कोइरालाले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका माझ सेवा प्रवाहका हिसाबले नमूना अस्पतालका रुपमा विकास गर्न बिपीस्मृति अस्पताल सफल हुने विश्वास व्यक्त गरे ।

अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले गरीब एवं विपन्न वर्गकोसमेत पहुँच पुग्ने गरी गुणस्तरीय एवं विश्वसनीय सेवा प्रदान गरेको अस्पतालले गत एक वर्षमा करीब रु ८० हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083