नेकपाः १५ प्रतिशत मात्र महिला नेतृत्वमा

5.46K
shares

धम्बोझी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडादेखि प्रदेश र केन्द्रीय कमिटीमा बहुसङ्ख्यक पुरुषलाई मात्र नेतृत्व दिएकामा धम्बोझीका महिलाले असन्तुष्टि जनाएका छन्। पूर्वमाओवादी, पूर्वएमालेबीच एकतापछि महिलालाई महत्वपूर्ण जिम्मेवारी नदिँदा विरोध भइरहेको बताउँदै मोहककुमारी फुयाँलले भनिन्, “हामी महिलाहरुलाई सदस्य पदमा मात्र राखिएको छ।

पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउँदै प्रतिक्रियावादी शक्ति, गलत विचार, गलत व्यवहारविरुद्ध दृढतापूर्वक जुझिरहेका क्रान्तिकारी महिला आज आफ्नै पार्टीमा ३३ प्रतिशत नेतृत्वदायी भूमिकामा आउन नसकेकामा विरोध गरिएको हो।

५ नं प्रदेश कमिटीअन्तर्गत गुलरिया नगर कमिटीमा शपथग्रहण गर्न आएका महिला १५ प्रतिशतमा मात्र सीमित छन्। फुयाँलले भनिन्, “बर्दियाको आठ वटै स्थानीय तहको कमिटीमा निरन्तर आफ्नो जीवन पार्टीका लागि सुम्पिएका महिला लिडरसिपमा आएनन् । एकासी जनाको नगर कमिटी बन्दा १२ जना मात्र महिला नगर कमिटी सदस्यमा छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083