स्ववियु निर्वाचनको तयारिमा जुटौं : अध्यक्ष तामाङ
वि.सं.२०७५ पुस २४ मंगलवार १२:४१
4.88K
shares
shares

काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले आगामी फागुन १४ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारिमा जुट्न निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते नै स्ववियु निर्वाचन गर्ने गरि तयारी शुरू गरेकोमा खुशी व्यक्त गर्दै त्यसलाई उत्सवको रूपमा सम्पन्न गर्न पनि अपिल गरेका छन्।
पुर्व नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अपिल गरेका हुन्। उनले २८ वर्षे उमेर अवधिलाई स्विकार गर्न तथा साझा मञ्चको रूपमा स्ववियुलाई उपयोग गर्नु पर्ने पनि उनको धारणा छ ।






























