‘ठूलो धोका भयो, अब ओली र प्रचण्डविरुद्ध लड्छु’ : डा. केसी

7.2K
shares

काठमाडौं । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति तोडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

डा. केसी बुधबार अपराह्न ४ बजेपछि अनसन बस्दैछन् । त्यसका लागि उनी इलाम पुगिसकेका छन् । बुधबार बिहानै अनसन बस्ने भनेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खिएका थिए । समितिले नेकपाको बहुमतको आधारमा डा. केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

यो पनि हेर्नुहोस्

डा. केसीसँगको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

संसदीय समितिको निर्णयपछि टेलिफोनमा कुरा गर्दै डा. केसीले जनतालाई धोका भएको बताए । ‘हामी जनताका लागि लडिरहेका छौं । उनीहरु माफिया दलालहरुका लागि ऐन बनाइरहेका छन्’ उनले भनेका छन् ।

यो पनि हेर्नुहोस्

‘सरकारले डा. केसीलाई धोका दियो’ : गगन थापा

प्रधानमन्त्रीकै कारण आफ्नो १५ औं अनसनका क्रममा सहमति विपरीत ऐन बनाउन खोजिएको उनले बताए । ‘अनसन सकिएपछि भेट्न बालुवाटार जाँदा नै शंका लागेको थियो’ डा. केसीले भने, ‘ओली र प्रचण्डजीको स्वार्थ छ ।’

यो पनि हेर्नुहोस्

डा.केसीको जित भयोः योगेश भट्टराई

प्रधानमन्त्रीले इमान्दारिता नदेखाएको र दुई तिहाइको दुरुपयोग गरेको उनको आरोप छ । डा. केसीले भने, ‘अब ओलीजी र प्रचण्डजीका विरुद्ध लड्ने हो ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083