वाइडबडी प्रकरणः जहाज घोटालामा मुछिएकालाई सरकारले तत्काल कारबाही नगर्ने

5.15K
shares

काठमाडौं । सरकारले वाइडबडी जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई तत्काल कारबाही नगर्ने जनाएको छ । बिहीबार सिंहदरबार काठमाडौंमा मन्त्रिपरिषद्को निर्णय र समसामयिक विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले पनि उक्त विषयमा छानबिन गर्न आयोग नै बनाएकोले तत्काल कार्यान्वयनमा नजाने बताएका हुन् ।

उनले भने, ‘संसद्को अन्य समितिहरुले पनि यस विषयमा छानबिन गरिरहेका छन् । फेरि लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदनमा पनि केही गल्तीहरु भेटियो । त्यसैले सबैतिरबाट छानबिन गरेर रिपोर्ट आइसकेपछि जो भए पनि कारबाही गरिने छ ।

उनले यथार्थ विवरण नआइकन कारबाही गर्दा हतार हुन सक्ने बताउँदै वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न बनेका समिति तथा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनमा एक रुपता आएपछि मात्रै कारबाही गरिने बताए ।

उनले भने, ‘अहिले नै कारबाही नगर्नूको अर्थ कसैलाई कारबाही नगरिने भन्ने होइन । तर, छानबिन समितिले अन्तिम निस्कर्ष निकालेपछि जो जो कारबाहीका लागि सिफारिश हुन्छन् । ती सबैलाई कारबाही हुन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083