नेकपा एकता कार्यदल : अन्तिम प्रतिवेदन बुझाउने समयसीमा बढ्यो

4.67K
shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले गठन गरेको एकता कार्यदलले अन्तिम प्रतिवेदन बुझाउने समयसीमा बढाएको छ । पुस अन्तिमसम्म एकता र जिम्मेवारीको खाका तयार गर्ने गरी गृहकार्य थालेको कार्यदलले केही बिषयमा सहमति जुटाउन बाँकी रहेकाले माघ पहिलो साता प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले कार्यदललाई अन्तिम म्यान्डेडसहितको प्रतिवेदन पेश गर्न सुझाव दिनुभएको छ । नौ सदस्यीय कार्यदलमा चारजना मन्त्री रहेकोले कार्यव्यस्तताको कारण देखाउँदै नियमित बैठक बस्न सकिरहेको छैन । कार्यदलका संयोजकमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हुनुहुन्छ ।

सदस्यमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083