विवेकशील साझाको पत्रकार सम्मेलनमै भक्कानिए डा. सूर्यराज आचार्य

5.59K
shares

काठमाडौँ । पार्टी फुटका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमै पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका छन्।

शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले पार्टीमा आएको फुट आकस्मिक रुपमा भएको बताए। उनले पार्टीमा मतभेद भए पनि आफूहरु पार्टी नै फुटछ भन्ने निष्कर्षमा नपुगेको दावी गरे।

वैकल्पिक शक्तिको निर्माणका क्रममा आए पनि आफूहरु नयाँ र अपरिपक्व भएका कारण कमजोरीहरु भएको हुन सक्ने उनको भनाइ थियो। पार्टी फुटले सबैमा पीडा थपेको भन्दै उनी कार्यक्रमस्थलमै भक्कानिए छन्। उनी सुक्क सुक्क गर्दै रुन थालेपछि संयोजक रवीन्द्र मिश्रले उनलाई हातको इशाराले सम्झाएका थिए।

प्रवक्ता आचार्य भक्कनिएपछि कार्यक्रममा उपस्थित सबै भावुक बनेका थिए। पत्रकार सम्मेलनमा संयोजक रवीवन्द्र मिश्र नेता मुमराम खनाल कर्णाली प्रदेशका संयोजक गेहन्द्र दाहाल लगायत उपस्थित छन्।