सरकार विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनगणतान्त्रिक मोर्चाको चेतावनी

4.94K
shares

काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चाले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जन आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको तर्क गरे। मोर्चाले सरकारविरुद्ध आगामी फागुन ७ गतेबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ।

अध्यक्ष गजुरेलले जनताले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको दाबी गरे। संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे।


divya collage
unigloble collage