शंकास्पद व्यक्ति र संस्थाको बैंकखाता तत्काल रोक्न राप्रपाको माग

4.71K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गैरकानुनी रुपले विदेशी बैंकहरुमा लुकाइएका कालोधनका सम्बन्धमा छानविन गर्न सरकारसँग माग गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गैरकानुनी रुपले विदेशी बैंकहरुमा लुकाइएका धनका सम्बन्धमा शंकास्पद व्यक्ति र संस्थाको बैंकखाता तत्काल रोक्न माग गरे ।

उनले ट्वीट्मा भनेका छन्–‘गैरकानुनी रुपले विदेशी बैंकहरुमा लुकाइएका कालोधनबारे सरकार र सम्बद्ध निकायले तत्काल छानविन गरोस् । शंकास्पद व्यक्तिरसंस्थाको बैंकखाता तत्काल रोकियोस् । संसदले यस विषयमा सशक्त कदम उठाउनुपर्छ । अवैध सम्पत्ति जफत गर्न र अपराधीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दह्रो कदम चाल्ने आशा गर्छु ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083