कांग्रेस सांसदद्धारा रोस्टम घेराउ, सरकारले दम्भ देखाएको आरोप

7.55K
shares

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाएको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।

लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न गएका हुन् । मर्यादापालकहरुले कांग्रेस सांसदहरुलाई रोक्न खोजे पनि सकेनन् । सभामुखले मर्यादापालकलाई अमर्यादित रुपमा प्रस्तुत गराएको भन्दै कांग्रेस सांसदहरुले आपत्ति जनाएका छन् ।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै आआफ्नो ठाउँमा बस्न सांसदहरुलाई आग्रह गरे । तर उनीहरुले रोष्टम नछाडेपछि संसदको कारबाही अघि बढ्ने बताए । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083