तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
वि.सं.२०७५ माघ २५ शुक्रवार १२:०६
7.89K
shares
shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराइन्।
राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराइन्। त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो।रासस































