पाँच लाख घुस प्रकरण : न्यायाधीश बानियाँ माथि प्रधानन्यायाधीश चोलेन्द्रको ‘एक्सन’

4.72K
shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सेवाग्राहीसँग लिएको आरोप लागेका काठमाण्डु जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही प्रक्रिया अगाडि बढाएका छन्।

काठमाण्डु जिल्ला अदालतका सुब्बा पाँच लाख घुस सहित पक्राउ परे पछि न्यायाधीश बाबुकाजी बानियाँको संलग्नता रहेको पुष्टी भएपछि कारबाहीका लागि न्यायपरिषद् तानिएको हो।

सुब्बा चालिसेले बयानका क्रममा न्यायाधीशकै निर्देशनमा आफूले घुस लिएको बताएका थिए। न्यायाधीशको संलग्नता देखिए पछि प्रधानन्यायाधीशले प्रमाण जुटाउनका लागि निर्देशन दिएका छन्। उनले न्यायाधीश बानियाँ माथि कारबाही प्रक्रिया अगाडि बढाउन न्यायपरिषद तानिएको हो।

सवारी ज्यान मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा काठमाण्डु जिल्ला अदालतका नायब सुब्बा चालिसेलाई यही माघ १७ गते पाँच लाख रुपैँया घूस सहित अख्तियारले बबरमहलबाट नियन्त्रणमा लिएको थियो।

केही समयअगाडि प्रधानन्यायाधीश राणाले साढे ३३ किलो सुन प्रकरणमा दोषी देखिएका विराटनगरका न्यायाधीशमाथि कारबाही प्रक्रिया अगाडि बढाएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083