काठमाडौं विश्वका घुम्नलायक सुुन्दर शहरको पाचौं स्थानमा !

6.93K
shares

काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ।

लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ। दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ। सन् २०१५ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौं विस्तारै पुरानै अवस्थामा फर्किन थालेको लोन्ली प्लानेटले लेखेको छ।

यस्तै क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरिएको छ।

साथै काठमाडौंमा हटेको हर्नको समस्यालाई पनि उसले आकर्षणको रुपमा चित्रित गरेको छ। ध्वनि प्रदुषण रोकेर काठमाडौंलाई दशकौं यताकै बस्न योग्य बनाइएको लोन्ली प्लानेटले उल्लेख गरेको छ। साथै भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको उसले भनेको छ।

Image result for सुन्दर काठमाडौं

Related image

 

Related image

Image result for सुन्दर काठमाडौं

Image result for सुन्दर काठमाडौं


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083