भारतसँग तनाव बढेका बेला साउदीले दियो पाकिस्तानलाई २० बिलियन डलर

4.37K
shares

एजेन्सी । भारतसँग तनाव बढिरहेका बेला राहत हुनेगरि साउदी अरबले पाकिस्तानलाई २० बिलियन डलर सहयोग गरेको छ। आफ्नो एशिया भ्रमणको पहिलो मुलुक पाकिस्तान पुगेका साउदी राजकुमार मोहम्मद बीन सलमानले सो सहयोगी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

राजकुमार सलमान आइतबारै पाकिस्तान पुगेका थिए। साउदी अरब पाकिस्तानलाई सहयोग गर्ने एक प्रमुख दाता राष्ट्र हो । भारतको जम्मू कश्मीरको पुलवामामा भएको एक आतंकवादी आक्रमणपछि भारतसँग पाकिस्तानको तनाव बढेको छ।
खास गरि सो आक्रमपछि भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय जगतबाट पाकिस्तानलाई एक्ल्याउने कुटीनितक पहल गरिरहेकै बेला साउदीबाट भएको यो सहयोगले पाकिस्तानलाई आर्थिक रुपमामात्र नभएर कुटनीतिक रुपमा पनि राहत भएको विश्लेषण गरिएको छ।

हाल पाकिस्तानको आर्थिक अवस्था संकटपूर्ण छ। क्रिकेटबाट पाकिस्तानलाई विश्वविजेता बनाएका इमरान खान प्रधानमन्त्री बनेपछि आर्थिक सहयोग जुटाउन कम्मर कसेर लागेका थिए। आर्थिक सहयोग जुटाउने प्रयास स्वरुप उनले प्रधानमन्त्रीमा निर्वाचित भएपछि साउदीको भ्रमणसमेत गरेका थिए। सो भ्रमणका क्रममा साउदीले आर्थिक सहयोग गर्ने बचन दिएको थियो ।

साउदीले राजकुमार सलमानको पाकिस्तान भ्रमणका क्रममा सो बचन पुरा गरेको हो। सलमान पाकिस्तानमा तीन दिन रहनेछन्। त्यसपछि उनले भारतको भ्रमण गर्नेछन्। भारतपछि उनी मलेसिया र चीनसमेत पुग्ने जनाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083