महोत्तरीमा लुटेरा र प्रहरीबीच गोली हानाहान, ३ लुटेरा पक्राउ

4.06K
shares

महोत्तरी । महोत्तरीमा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन्।

सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बास (बी) टोल बस्ने ३२ वर्षका शक्ति कपुर पासवान, भारत बिहार मधुवनी मरनैयाका ३२ वर्षका राजकुमार मण्डल, मधुवनी थाना लदनिया तेनुवाही १२ का २३ वर्षका उपेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।

पुस २२ गते मनरा नगरपालिका २ स्थित भोलिहिमा रामसेवक यादवको घर गोदाममा भएको लुटपाटमा संलग्न लुटेराहरु पक्राउ गरिएको हो। लुटेराहरुले यादवको परिवारका सबैलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए। लुटपाटको क्रममा प्रहरी र लुटेरा समूहबीच गोली हानाहानसमेत भएको थियो।

पक्राउ परेकाहरुका साथबाट प्रहरीले चार थान मोटरसाइकल, नगद र मोबाइल फोन बरामद गरेको छ। पक्राउ परेकाहरुको साथबाट ज १० प ३८७३ ग्लेमर मोटरसाइकल, भारतीय नम्बर प्लेटको होण्डा एक्स ब्लड मोटरसाइकल, ना. ३८ प. ५९७१ नम्बरको पल्सर, ना. ५६ प. ४२३५ नम्बरको एफजेड मोटरसाइकल बरामद भएको छ।

फरार रहेका अन्य लुटेराहरुको ब्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ। महोत्तरी जिल्लामा बिगतका दिनहरुमा भएका डाका लुटपाटका घटनामा समेत संलग्न हुनसक्ने भएकोले अनुसन्धान गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरुलाई डाँका तथा संगठित अपराध अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले बताएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083