युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश –‘पशुपति शर्माले गीतबाट हामीलाई कुकुर भने’

4.47K
shares

काठमाडौं। केही दिनदेखि गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको लोक गीत निकै चर्चामा छ। गीत रिलिज भएको २४ घण्टा नपुग्दै युट्यूबको ट्रेन्डिङ नम्बर १० मा पुगेको थियो। तर, सरकारको आलोचना गरेको भन्दै आक्रोश पोख्दै युवासंघको फेसबुक पेजबाट एउटा सन्देश आएपछि गीत युट्यूवबाट हटाइएको थियो।

यो गीत हटाइएपछि चौतर्फी आक्रोश समेत पोखिएको छ। कसैले पञ्चायतकाल फर्केको भन्दै सामाजिक संजालमा आक्रोश पनि पोखेका छन्। यस्तैमा कलाकारहरुले समेत यसको विरोध गरेका छन्। यहि अवस्थामा युवा संघका अध्यक्ष रमेश पौडेलले यो गीत आफूलाई त्यस्तो आपत्तिजनक नलागेको तर यो गीतमा प्रयोग भएका शब्दको संयोजन नमिलेको बताएका छन्। उनले आफूले व्यक्तिगत रुपमा पशुपति शर्मालाई सम्मान गर्ने पनि उल्लेख गरे ।

पौडेलले यो गीतलाई लिएर अहिले जति पनि संचारमाध्यम तथा सामाजिक संजालमा हल्ला फैलिएको छ, यो सबै अहिलेको सरकारलाई असफल पार्नको लागि चलिएको चाल भएको पनि बताए। यो गीतमा प्रयोग भएका कतिपय शब्दले विदेशमा रहेका दाजुभाईहरुलाई पनि असर पर्ने उनले बताए।

उनले यो देशमा रहेका केही प्रायोजित व्यक्तिहरुले सरकारलाई असफल पार्नकै लागि यो गीतको पछाडि लागेर उफ्रिरहेको भनी आक्रोश व्यक्त गरे। उनले यस्तै अन्य कुराहरुलाई लिएर पनि आक्रोश व्यक्त गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083