संघमै आकर्षित भए कर्मचारी

4.23K
shares

काठमाडौं । सकारले ल्याएको कर्मचारी समायोजनमा सोमबार सम्म ७ हजार ३ सय ४१ क्र्मचारीको समायोजन भएको छ। सो मध्ये ५ हजार ६ सय ९१ जना कर्मचारी संघमा नै समायोजन भएका छन्। हालसम्म समायोजन सकिएको कुल कर्मचारी संख्यामध्ये अधिकांश संघमै समायोजन भएका हुन् । ९ सय ७ जना प्रदेशमा र ७ सय ४३ जना स्थानीय तहमा समायोजन भएका छन्।

कुल ७७ हजार ३४ जना कर्मचारीले समायोजनमा जान फारम भरेका थिए। त्यसमध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै रहने गरी समायोेजन रोजेका छन्। सरकारले स्थानीय तह र प्रदेशमा खटाउन कर्मचारी समायोजन ल्याए पनि अत्यधिक कर्मचारीको रोजाइ संघ मै परेको छ। यसबाट प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हुने देखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083