सरकार मात्रै होईन, कांग्रेस पनि असफल : आचार्य

4.81K
shares

काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सरकार गठन भएको १ वर्षमा सरकार मात्र होइन, काँग्रेस पनि असफल भएको टिप्पणी गरेका छन्। बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए।

उनले भने, ‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन्। क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले विकास खर्च २२ प्रतिशत पनि हुन नसकेको बताए। उनले भने, ‘अहिले मुलुकमा भ्रष्टाचार बढेको छ। वाईडबडी काण्ड छ, अरु पनि काण्डै काण्ड छन्।

नेपालको भु–राजनीतिक अवस्था बग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। आगामी चार वर्ष पनि सरकार यही तरिकाले अघि बढ्यो भने जनताको यो सरकारसँग रहेको आशा र भरोसा समाप्त हुन्छ। आचार्यले सरकार विकास र समृद्धि हाँसिल गर्ने काममा केन्द्रित हुन नसकेको गुनासो पोखे। उनले भने, ‘सरकारको फोकस विकास र समृद्धिमा भन्दापनि होली वाईनतिर छ, गुड गभर्मेन्समा भन्दा पनि पानीजहाज र मोनोरेलमा छ। सरकार फोकस छैन।

उनले सरकारको राम्रो पक्ष भनेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संख्याको चूनौति नभएको सुनाए। आचार्यले थपे, ‘सरकार दुई तिहाई बहुमतको छ, प्रधानमन्त्री ओली अनच्यालेन्ज्ड छन्। आचार्यले मुलुकको पछिल्लो आर्थिक वृद्धिद्धर पनि ठीक नभएको सुनाए। उनले भने, ‘भ्रष्टाचार बढेको छ। आईसकेको हवाईजहाज थन्किएर बसेका छन्। डेस्टिेशन पाएका छैनन्। मेलम्ची आयोजनालाई तुह्याउन खोजिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कारण सरकारले राम्रो काम गर्न नसकेको पनि उनले आरोप लगाए। उनले भने, ‘प्रतिपक्ष त अहिले सडक र सदन कहीँपनि छैन्। ७ वटै प्रदेशमा कांग्रेस छैन्। त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ। पशुपति शर्माको गीत प्रकरण पनि त्यसैको कडी हो। सरकारमात्रै होईन, कांग्रेस पनि असफल भएको छ।

यद्धपी उनले सरकारसँग अहिले नै आशा नै मारिहाल्नुपर्ने अवस्था भने नआएको स्पष्ट पारे। उनले भने, ‘यो सरकारसँग आशा गर्ने ठाउँ अझै छन्, यो सरकारसँग चार वर्ष समय छ, सरकार फिर्छ भने राम्रो गर्न सक्छ। प्रतिपक्षी दल कांग्रेस पनि जुर्मुराउनुपर्छ। प्रतिपक्षी जुर्मुरायो भने धेरै कुरा हुन्छ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भए प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि तर्क गरे। उनले भने, ‘ओलीजी असफल हुनुभयो भने नेकपाबाट प्रचण्ड अगाडि आउने सम्भावना छ। तर, यसको लागि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलले ओलीविरुद्ध च्यालेन्ज गर्छन्। र, उनीहरुले नै प्रचण्डलाई अघि सार्छन्।

आचार्यले अहिलेसम्म नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई च्यालेन्ज नगरेको सुनाए। उनले भने, ‘बरु माधव नेपालले संसदमा सरकार कहाँ छरु भनेर भन्नुभयो, यो एक वर्षमा ओलीजीेले देशको रोग के हो भनेर डाईग्नोसिस गर्नुपर्दथ्यो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083