सांसद वलीको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त
वि.सं.२०७५ फागुन १० शुक्रवार १३:११
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्रीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरेका छन्। उनले मृतकका परिवार,आफन्तजन र सम्पूर्ण पार्टी पंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
सांसद वली २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी भएका थिए। गत माघ २३ गते सवारी दुर्घटनामा परी घाइते भएका वलीको ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो। उनको पार्थिव शरीरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।































