‘मेलम्ची आयोजनामा कसैको गिद्दे नजर पर्न दिन्नँ’ : मन्त्री बिना मगर

5.17K
shares

काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएका छन्।

‘मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना हो। त्यो सँगसँगै व्यक्तिगत रुपमा मेरो सफलतासँग जोडिएको विषय हो तसर्थ कुनै पनि गिद्धे नजर पर्न दिन्न’ शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले भनिन्।

मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सचिवले त्यस अनुसार काम नगरेकाले सरुवा गरेको उनले मन्त्री मगरले बताइन्।

‘मैले देखेको फर्मुला मेलम्ची आयोजना प्लस सीएमसी आयोजना इजकल्टु (बराबर) काठमाडौको जनता हो’ उनले सचिव गजेन्द्र ठाकुरको सरुवाबारे भनिन् ‘सीएमसीलाई पहिलो प्राथमिकतामा राखेर काम गरियोस् भन्ने निर्देशन थियो। त्यो फर्मुलामा बसेर काम गरेको पाइन।’

मन्त्री मगरले कहिलेकाहीँ सही ट्रयाक लिन खोज्दा विभिन्न भ्रम फैलिएको दावीसमेत गरिन्। सांसदहरुले खानेपानी मन्त्रालयबाट हालै सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा पनि प्रश्न गरेका थिए। मन्त्री मगरले त्यस विषयमा आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताइन्।

मन्त्री मगरले सीएमसी आएमा काम छिटो हुने दावी गरिन्। ‘सीएमसी आएमा हामीले नेपाली भेण्डरको समस्या हल गर्न सक्छौं। रिटेण्डर सिस्टमबाट जान भन्दा छोटो समयमा काम गर्न सक्छौं’ उनले भनिन् ‘सीएमसीले विधिसम्मत ढंगले ठेक्काको मान्यता भित्र रहेर आउँछ भने सरकारले वेलकम गर्छ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083