अन्ततः राप्रपामा फर्किए दिपक बोहरा
वि.सं.२०७५ फागुन १२ आइतवार ११:४९
4.77K
shares
shares

काठमाडौँ। दीपक बोहोरा सहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए।
उनकै अगुवाईमा भेला गरेर राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत भएको थियो। तर, बोहोरा सहितका नेताहरु आइतबार कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम बानेश्वरमा हुँदैछ।





























