‘देउवाको राजनीति गर्ने संस्कार भएन’ : शेखर कोइराला

5.29K
shares

विराटनगर । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा गलत संस्कारबाट निर्देशित भएको आरोप लगाएका छन्।

केही समययता कांग्रेस सभापति देउवा र कोइराला परिवारका कांग्रेस नेता बीच दन्तबझान चलिरहेको छ। शशांक, शेखर र सुजाताले देउवाको आलोलना गरेपछि त्यसको प्रतिउत्तरमा देउवाले कांग्रेस कोइराला परिवारको बपौती नभएको बताएका थिए।

देउवा र कोइराला परिवारका कांग्रेसका नेता बीच घोचपेच चलिरहेका बेला शेखरले देउवाको संस्कार राम्रो नभएको भन्दै सच्चिन आग्रह गरेका छन्। ‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन’, विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा कोइरालाले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन।’

कोइरालाले निर्धारित मिति मै महाधिवेशन हुनेमा शंका व्यक्त गर्दै निर्धारित मिति मै गर्न पार्टी नेतृत्वलाई आग्रह गरे। निर्धारित मिति मै महाधिवेशन नगर्दा पार्टी थप कमजोर हुने भएकाले समयमै गर्नुपर्ने मत उनको छ।

केन्द्रीय सदस्य डा. कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने बताए।

उनले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताए। न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन नेता कोइरालाले सरकार समक्ष आग्रह समेत गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083