खतिवडाको ठाउँमा सुरेन्द्र पाण्डे लैजाने तयारी, रबिन्द्रलाई हटाएर गोकुल बास्कोटालाई जिम्मा दिने
वि.सं.२०७५ फागुन १३ सोमवार १६:०४
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हटाउने र जिम्मेवार हेरफेर गर्नेबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केही मन्त्रीहरु हटाउने र नयाँ मान्छे नियुक्ती गर्नेबारे दुई अध्यक्षहरुबीच गम्भिर कुराकानी भएको स्रोतको दाबी छ।
तत्काल संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई हटाउने निश्कर्षमा अध्यक्षद्धय पुगेको नेकपाका एक नेताले जानकारी दिए। रवीन्द्रको ठाउँमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लैजाने तयारी भएको छ।
त्यस्तै, लालबाबु पण्डितलाई पनि हटाउनेबारे छलफल भएको बुझिएको छ। उता, संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट परराष्ट्रमा ल्याउने तयारी भएको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सञ्चार मन्त्रालयमा लैजाने तयारी छ। अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि हटाएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लैजाने ओली–प्रचण्डको तयारी छ।




























