रसुवा पुगेका कांग्रेसी नेताहरु सांस्कृति कार्यक्रम हेरेर फर्किए

4.89K
shares

काठमाडौं । यो साता चर्चामा आएका नेता हुन्, नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङ। उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने कुराले सबैतिर चर्चा चलेको थियो। राष्ट्रिय राजनीतिमा शिथिल भईरहेको बेला नयाँ शक्ति पार्टीका सांसद तामाङसहित ५ हजार कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय भएको थियो। सोही अनुसार फाुगन १३ गते रसुवाको कालिकास्थानमा कांग्रेसले भव्य कार्यक्रमको आयोजना गर्‍यो।

पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित प्रभावशाली युवा नेताहरु विश्वप्रकाश शर्मा र गगन थापासमेत हेलिकोप्टर चढेर प्रेम तामाङलाई पार्टी प्रवेश गराउन कालिकास्थान पुगे। सबै कांग्रेस नेताहरु निर्धारित समयमै कार्यक्रम स्थल पुगेका थिए। तर, कार्यक्रमका मुख्य आकर्षक बनेका प्रदेश ३ का सांसद तामाङ नै कार्यक्रममा आएनन्।

उनलाई लामो समयसम्म कुरेर बसे। तरपनि उनी आएनन्। त्यसपछि कांग्रेस नेताहरु सांस्कृतिक कार्यक्रम हेरेर बसे। मुख्य आकर्षक बनेका नेता तामाङ नै कार्यक्रममा नआएपछि उनीहरु निराश मुद्रामा काठमाडौं फर्किए।

कांग्रेसलाई किन किन धोका दिए तामाङले ?

उनले पार्टी प्रवेशको वचन दिएर पनि किन गएनन् भन्ने कुरा अहिले सबैको चासोका विषय बनेको छ। उनी कांग्रेसमा प्रवेश गर्न लागेको भन्ने खबर केही दिन अघि नै सार्वजनिक भएको थियो। त्यसपछि नयाँ शक्तिले उनलाई कारवाही गरेको थियो।

पार्टी प्रवेश गर्न लागेको जानकारी केन्द्रलाई गराएपछि नयाँ शक्ति पार्टीले उनलाई निलम्बन गरेको थियो। तर उनी किन कांग्रेस पार्टी प्रवेश गर्नबाट रोकिए भन्ने जानकारी हुन सकेको छैन्। यस विषयमा उनीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन्।

माओवादी आन्दोलनबाट उदाएका तामाङ ०६४ मा रसुवाबाट सभासदमा निर्वाचित भएका थिए। नयाँ शक्ति पार्टीले देशव्यापी रुपमा हार व्यहोर्दा तामाङले सान्त्वना जित निकालेर इज्जत जोगाइदिएका थिए। तामाङकै प्रभावले रसुवाको केही स्थानीय तहमा नयाँ शक्तिले गत स्थानीय तह निर्वाचनमा विजय हासिल गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083