संसदमा सांसदको गुनासो : स्वास्थ्य विमा कार्यक्रम कर्णालीलाई हर्ष न बिस्मात!

5.21K
shares

काठमाडौैं । कर्णालीका सांसदले स्वास्थ्य विमा कार्यक्रमले कर्णालीलाई प्रभाव पार्न नसकेको बताएका छन्। मंगलबार संसदमा स्वास्थ्य विमा प्रभावकारी बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसद गजेन्द्र महतले स्वास्थ्य विमा कार्यक्रम राम्रो भए पनि कर्णालीलाई यसले नछोएको बताए।

‘कार्यक्रमहरु राम्रै आउँछ, तर कर्णालीका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात छ’ उनले भने ‘कार्यक्रम यहाँ आउँछ, कर्णाली पुग्ने बेलासम्म या त फेजआउट हुन्छ या त रुप अर्कै लिइसकेको हुन्छ।’

कर्णालीमा राम्रो डाक्टर, राम्रो स्वास्थ्य उपकरण र औषधी नभएको भन्दै स्वास्थ्य विमाको कुनै अर्थ नभएको सांसद महतले बताए। ‘मौलिक हकमा शिक्षा, स्वास्थ्य प्रष्ट लेखिएको छ। तर कर्णालीका जनताले मौलिक हक कसरी पायौं भन्ने ?’ उनले प्रश्न गरे ‘अस्पताल छ। अस्पताल भएर के गर्नु उपकरण छैन, डाक्टर छैन, औषधी छैन।’

डाक्टरको सरुवा र उपकरण खरिदमा भ्रष्टाचार हुने र औषधी खरिदमा कमिसनको चलखेल हुने भएकाले दुर्गम ठाउँमा ती सामग्री नपुग्ने सांसद महतले बताए।

कर्णालीका मान्छेले अहिले पनि घर खेत बेचेर काठमाडौं आएर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे। ‘हामी कर्णालीका मान्छे वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल पुग्न घर खेत बिक्री गर्नुपर्छ’ उनले भने ‘काठमाडौंका वासिन्दाले ५० रुपैयाँ तिरेपछि पुग्छ, हाम्रो घरखेत बिक्री गर्नुपर्छ।’

सांसद महतले थपे ‘मेरो काका विमाको कागज लिएर वीर पुग्नुभएछ। त्यहाँ उहाँलाई दोस्रो दर्जाको ब्यवहार गरियो।’ अहिले एक निजी अस्पतालमा उपचार गराउनु परेको सांसद महतले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083