बहिष्कारको चेतावनीपछि काँग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित

4.15K
shares

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको पार्टी केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो। दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले मंगलबार बोलाइएको पार्टी केन्द्रीय कार्य समितिको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो। आईतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए।

दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रिय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि काँग्रेस केन्द्रिय कार्य समितिको आज बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ। शिर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मतिमै टुंग्याउने प्रतिवद्धता जनाएका थिए।

प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए। पार्टीको औंपचारिक कार्यक्रमलाई ध्यानमा राखेर पनि अव बस्ने केन्द्रिय कार्य समिति बैठकको टुंगो लगाउने नेपाली काँग्रेसले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083