निर्मलाको घर पुगेर सभापति देउवाले भने, ‘न्यायका लागि निरन्तर खबरदारी गर्छु’

4.88K
shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको परिवारलाई भेटेका छन्। बलात्कार पछि हत्या गरिएकी पन्तको परिवारलाई आज बिहान भेटेपछि देउवाले निर्मलाको न्यायका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन्।

भेटपछि देउवाले ट्वीटमा लेखेका छन्, ‘आज कंचनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे। निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होईन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो। निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता गरेको छु।’

 

गत साउन १० गते हत्या गरिएकी निर्मलाको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन।


divya collage
unigloble collage