सिके राउत प्रचण्ड जस्तै निर्णय क्षमता भएका नेता : प्रधानमन्त्री ओली
वि.सं.२०७५ फागुन २४ शुक्रवार १४:५४
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. चन्द्रकान्त राउत (सिके) लाई पुष्पकमल दाहाल प्रचण्ड जस्तै निर्णय क्षमता भएका नेताको संज्ञा दिएका छन्। राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमति पछि मन्तब्य दिँदै ओलीले यस्तो बताएका हुन्।
‘सिके राउतमा पनि निर्णय क्षमता देखेँ, पुष्पकमल दाहाल प्रचण्डमा त्यस्तो निर्णय क्षमता थियो। प्रचण्डले जनयुद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आउन यस्तै निर्णय क्षमता देखाउनुभएको थियो’, ओलीले भने, ‘सिके राउतमा पनि मैले त्यस्तो छाँटकाँट देखेँ, निर्णय क्षमता बलियो छ।’
राउतले पृथक धारको राजनीति गरे पनि शान्तिपूर्ण बाटो नभुलेको ओलीले बताए। ‘सिके राउतको एउटा पाटोले शान्तिपूर्ण राजनीतिको पक्षपोषण गरेको हो’, ओलीले भने, ‘अर्को पाटो पृथकतावादी आन्दोलन भनेका थियौँ। पृथकताबादी आन्दोलबाट यहाँ आउने क्रममा यो साधारण निर्णय भएको होइन, यो महत्वपूर्ण निर्णय हो।’
ओलीले राउत र उनको संगठनले बाटो बिराउने डर रहे पनि अब त्यसको अन्त्य भएको बताए। ‘राउतजीटेक्नोक्र्याट मात्रै होइन, एउटा थिंकर पनि हो’, ओलीले थपे, ‘त्यसैले यो निर्णय गर्न सक्नु भयो।’
लोकतन्त्रमा जनतको अभिमत र जनता सार्वभौम सम्पन्न हुने बताउँदै ओलीले बेला बेलामा जनअभिमत आन्दोलनका रुपमा प्रकट हुने प्रष्ट पारे। ‘राणाकालमा शान्तिपूर्ण रुपमा आन्दोन हुने अवस्था नै थिएन, त्यसैले जनताले फरक ढंगले प्रतिवाद गरे’, ओलीले भने, ‘अहिले त हामीसँग स्वतन्त्रता छ, त्यसैले जनतामाझ गएर आफ्ना एजेन्डा स्थापित गर्न सकिन्छ।





























