अदालत विरुद्धमा आन्दोलन गर्नु उचित होइन : रक्षामन्त्री पोखरेल

4.75K
shares

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग शुक्रवार संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए।

उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्दै कानून सबैले इमान्दारीताका साथ परिपालना गर्नुपर्ने उल्लेख गरे।

उनले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको चर्चा गरे।

मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने बताए। उनले भने,’विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिले हुँदैन’।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083