सरकार र सिके राउत बीच १० बुँदे सहमति
वि.सं.२०७५ फागुन २४ शुक्रवार १४:४७
10.22K
shares
shares

काठमाडौं । सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा १० बुँदे सहमति भएको छ। राष्ट्रियसभा गृह काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते १० बुँदे सहमतिमा हस्ताक्षर गरे।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरु उपस्थित रहेका छन्। सहमति पत्रमा सिके राउतले पृथकतावादी अन्दोलन छाडेर मुल धारको राजनीतिमा आउने विषय उल्लेख गरिएको छ।





























