संसदमा भीम रावल र महेशबीच चर्काचर्की

4.95K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलका नेताहरुले स्वतन्त्रत मधेश गठबन्धनका संयोजक डा. सीके राउतसँग भएको सम्झौताको कारण माग गर्दै जनमतसंग्रहको स्पष्टीकरण माग गरेका छन्। प्रमुख प्रतिपक्षी दलका सांसदहरु गगन थापा र डा.मिनेन्द्र रिजालले जनमत संग्रह बारे स्पष्ट गर्न सरकारसँग माग गरे।

आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षका सांसदहरुले जनमतसंग्रहको विषय विवादित भएको भन्दै सरकारसँग स्पष्ट पार्न माग गरेका छन्। ‘बुँदा नम्बर दुईमा शंका उठेको छ। नेपाल अभिभाज्य हो। जनमतसंग्रह गराउने सहमति भएको भनेर भनेको छ। यसबारे स्पष्टता चाहियो,’ डा.रिजालले संसदमा भने।

यसैगरी नेकपाका नेता एवं सांसद भीम रावलले पनि सम्झौतामा जनमत संग्रहको कुरा आएकोले यसबारे स्पष्ट गर्न माग गरे। उनले पुनः अर्को वक्तव्य जारी गरेर यस विषयमा स्पष्ट गर्नु पर्ने माग गरे।

ने.क.पाका सांसद महेश बस्नेतले भने सरकारको बचाउ गर्दै बुँदा २ मा जनमत संग्रह नै नभएको दाबी गरे। बस्नेतले भने, ‘यसलाई दुईवटा पक्षले रुचाएको छैन। डलरबादीहरुले यसलाई विरोध गरेका छन्। सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको छ। दुई नम्बर बुँदामा कहाँ जनमत संग्रह छ ? त्यस विषयमा छलफल गर्न तयार छौं।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083