‘विप्लव समूहलाई प्रतिबन्ध लगाएर मात्र हुदैन’: शेरबहादुर देउवा

6.54K
shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएर मात्र नहुने भन्दै कडा कारबाही पनि गर्नु पर्ने बताएका छन्। विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपर्युक्त भएको बताए।

विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले प्रतिबन्ध मात्रै नभएर जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबाही गर्नु पर्ने माग गरेका हुन्।

‘विप्लवले मान्छे मार्ने आतंक फैलाउने काम गरेको छ, हाम्रै मान्छे माथि पनि हत्या गर्ने गरी आक्रमण भयो,’ सभापति देउवाले भने, ‘प्रतिबन्ध मात्रै होइन कारवाही गर्नु पर्‍यो, अति गरेको छ विप्लवले मान्छे मार्ने बम पड्काउने गर्नेलाई कारबाही गर्नुपर्छ, प्रतिबन्ध लगाउने काम सही छ।

सभापति देउवाले सरकार र सिके राउतबीच भएको सहमति आफूहरुलाई मान्य नभएको बताए। जनअभिमतमार्फत जनताको माग सम्बोधन गर्ने भन्ने विषयलाई राउत पक्षधरले जनमतसंग्रह भएको बताइ रहेको कारण त्यो आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताए।

देश टुक्र्याउने र विखण्डनकारीलाई कानुन अनुसार कारवाही गर्नु पर्ने भनाइ थियो। ‘कुनैपनि हालतमा जनमतसंग्रह मान्य हुँदैन,’ देउवाले भने। यस्तै देउवाले रेशम चौधरीलाई आदलतले जेल पठाउने आदेश उपर्युक्त भएको बताए। ‘प्रहरीलाई मार्ने, बच्चालाई मार्नेलाई जेल सजाय त हुनै पर्थ्यो नि हत्या त हत्या नै हो नि,’ देउवाले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083