जनताको जलविद्युतको सेयर आज देखि खुल्ने, प्रधानमन्त्री ओलीले पहिलो सेयर किन्ने

4.9K
shares

काठमाडौं । जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम बिहीबारदेखि कार्यान्वयनमा आउँदैछ।

गत फागुन २ गते कार्यक्रम घोषणाका क्रममा गरेको बाचा अनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेयरका लागि पहिलो आवेदन भदैछन्। प्रधानमन्त्री ओलीले कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली थ्रि बी आयोजनाका लागि ग्लोबल आईएमई क्यापिटलमार्फत अनलाइन आवेदन भर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम घोषणा गर्ने क्रममा उहाँले ३५ दिनभित्र आफैले आवेदन भर्ने घोषणा गरे।

नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य छ। त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ।

मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि यस अघि नै पारित गरि सकेको छ। जनताका सानो पुँजी पनि सुरक्षित रुपमा प्रतिफल आउने गरी लगानी होस् भन्ने मान्यताका आधारमा कार्यविधि तय गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। ‘कार्यक्रम अन्तर्गतका आयोजनामा जनताले लगानी गर्दा सुरक्षित महसुस गराउने गरी सेयर संरचना र निश्चित व्याजसमेत दिने व्यवस्था हामीले गरेका छौँ,’ उनले भने ‘‘जनता माझ रहेको रकम सहज तरिकाले उचित स्थानमा लगानी होस भन्ने उद्देश्यसाथ सरकार अगाडि बढेको छ।

मन्त्रालयले कार्यक्रमका लागि छनोट गरी आवश्यक अध्ययन सबै पूरा गरेका, वित्तीय व्यवस्थापन र विद्युत् खरिद सम्झौता भइ सकेका आयोजनाहरुले मात्र सेयर आह्वान गर्न पाउने व्यवस्था छ। कार्यविधि अनुसार कार्यक्रम अन्तर्गतका आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था गरिएको छ। त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ३९ प्रतिशत आम सर्वसाधारणका लागि छुट्याउने व्यवस्था गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083