संवैधानिक आयोगमा अध्यक्ष नियुक्त, प्रधानन्यायधीश जबराबाट शपथ

5.95K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन्।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा। शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेका हुन्।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आजै आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराए। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थिति थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083