‘जहाँ भ्रष्टाचार छ, त्यहाँ छानबिन र कारवाही हुन्छ’ : प्रधानमन्त्री ओली

6.85K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोसुकै भए पनि कारवाही हुने बताएका छन्। प्रतिनिधि सभा बैठकमा आइतवार हिउँदे अधिवेशन समापन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले जहाँ भ्रष्टाचार छ, त्यहाँ छानबिन र कारवाही हुने बताएका हुन्।

‘मैले भनेको थिएँ, म पनि भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ,’ प्रधानमन्त्री ओलीले भने, ‘जहाँ भ्रष्टाचार छ त्यहाँ छानबिन हुन्छ, कारवाही हुन्छ, जोसुकै होस्। यस सम्बन्धमा के भयो, त्यस सम्बन्धमा के भयो ? भनेर आफूलाई प्रश्न सोधिने गरेको भन्दै प्रधानमन्त्री ओलीले काम भइरहेको बताए।

३३ किलो सुन भारतबाट बरामद भएको, कञ्चनपुरमा जमिनमुनि सुन भेटिएको, भ्रष्टाचारका कारण कारवाहीमा पर्ने डरले अख्तियारका आयुक्तले राजीनामा दिएको कुरालाई प्रधानमन्त्री ओलीले आफ्नो उपलब्धिको रूपमा पेश गरे। ‘भ्रष्टाचार भइरहेको रहेछ, अख्तियारको आयुक्तले पनि कारवाहीको डरले राजीनामा दिए,’ प्रधानमन्त्री ओलीले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083