‘विप्लव समूहले हतियार छाडेर आएमा मात्र वार्ता हुन्छ’ : उपप्रधानमन्त्री पोखरेल

4.85K
shares

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे।

उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको धारणा व्यक्त गरे।
उपप्रधानमन्त्री पोखरेलले विप्लव समूह हतियार छाडेर आएमा मात्र वार्ता हुने बताउँदै हतियार बोकीबोकी वार्ता हुन नसक्ने प्रष्ट पारे। उनले मुलुकमा बम पड्काउने, हत्या हिंसा गर्ने, जनतामा आतङ्क सिर्जना गरेकोले उक्त समूहलाई प्रतिबन्ध लगाइएको उनको भनाइ थियो। उनले विप्लव समूहप्रति सरकारको वैरभाव नभएको स्पष्ट पारे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083