अध्यक्ष प्रचण्डद्वारा अमेरिकी उप-सहायक विदेशमन्त्रीसँग भेट, उपचार सकेर आज फर्किँदै
वि.सं.२०७५ चैत १२ मंगलवार १६:०२
6.53K
shares
shares

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्ससँग भेट गर्नुभएको छ।
पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहनुभएका प्रचण्डले साइड भेटवार्ताका क्रममा वेल्ससँग भेट्नुभएको स्रोतले जानकारी दियो। यद्यपि भेटमा दुवैबीच के कुराकानी भयो भन्ने बारेमा भने केही बताइएको छैन।
दुवै नेताहरुबीच भएको भेटवार्ताको तस्वीर प्रचण्डकी छोरी गंगा दाहालले आफ्नो फेसबुक पेजमा राख्नुभएको छ। उपचार सकेर प्रचण्ड दम्पती आजै अमेरिकाबाट स्वदेश यात्राका लागि फर्कने कार्यक्रम रहेको छ। यद्यपि उहाँहरु बिहीबार मात्रै स्वदेश आइपुग्ने बताइएको छ।






























