चीन र भारत भन्दा नेपाल धनी हुन सक्छः पौडेल

5.24K
shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको बताए।

वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारत भन्दा पनि धनी र सुन्दर हुन सक्ने दावी गरे। मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उनले कांग्रेस संविधानमा भएको त्रुटिलाई सच्याउन तयार रहेको बताए।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको बताए। अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स-साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उनले लगाए।


unigloble collage
baneshwor multiple campus ad -2083