चिट ल्याएको भन्दै विद्यार्थी कुट्ने प्रहरीले मागे माफी

6.57K
shares

सोलुखुम्बु। एसइई परीक्षामा सहभागी एक विद्यार्थीलाई प्रहरीले कुटपिट गरेका छन्। खोटाङको रावाबेशी गाउँपालिकाको देउराली माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका लकुमार श्रेष्ठलाई प्रहरी जवान रामबाबु यादवले शुक्रबार कुटपिट गरेका हुन्।

परीक्षा केन्द्रको सुरक्षार्थ खटिएका प्रहरी जवान यादवले परीक्षा केन्द्रभित्र चिट ल्याएको भन्दै कुटपिट गरेको पीडित श्रेष्ठको भनाइ छ। पीडित श्रेष्ठले भने खुट्टामा लुकाएर लगेको गेसपेपर उहाँले देखेपछि माग्नुभयो, मैले गेसपेपर दिएपछि किन ल्याइस् भन्दै घोप्टो पर्न लगाएर लट्ठीले हाने। दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका १२ जालपाका लकुमार श्रेष्ठ शारदा माध्यमिक विद्यालय हौँचुरबाट परीक्षामा सहभागी छन्।

परीक्षा केन्द्र सुरक्षाका लागि खटिएको प्रहरीले विद्यार्थीमाथि हातपात गर्न नमिल्ने परीक्षा केन्द्रका अध्यक्ष किशोर केसीले बताए। प्रहरी जवान यादवले भने गल्ती स्विकार्दै माफी मागेका छन्। परीक्षा केन्द्र अध्यक्ष किशोर केसी, सुरक्षाकर्मी, पीडित विद्यार्थी, परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलगायत सहभागी बैठकमा गल्ती गरेको स्वीकार गर्दै प्रहरीले माफी मागेका हुन्।

तर खोटाङका प्रहरी उपरीक्षक राजकुमार केसीले भने विद्यार्थी र प्रहरी शौचालय जाने क्रममा एक आपसमा ठोक्किएको भन्दै प्रहरीको बचाउ गर्न खाजे। उनले भने सामान्य कुरा हो यो खासै त्यस्तो कुटपिट भएकै छैन। तर पीडित विद्यार्थी अध्ययनरत शारदा मावि हौँचुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कार्कीले भने कुटपिटमा संलग्न प्रहरी जवान रामबाबु यादव र चौकीका असई लगायतले गल्ती स्वीकार गरेर माफी मागेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083